विशेष
![प्रेमका चार चोइटा](https://12khari.top/uploads/posts/ydfgmmg1644816594.jpg)
१.
दिन थियो, जवानी थियो
प्रेमको अलग्गै कहानी थियो
प्रेमपत्रको जमानामा
सुन्दर–सुन्दर बिहानी थियो
२.
न्यानो साथ आस छ
वर्षौँदेखिको प्यास छ
समय छोट्टिँदै छ
पहिलो रात असाध्यै खास छ
३.
मिठा–मिठा बात हुन्छ
अनेक रात हुन्छ
अँगालोमा बेरिँदा बेरिँदै
निर्वस्त्र प्रभात हुन्छ
४.
प्रेयसीको दबाब छ
पश्चिमाको प्रभाव छ
देश मात्तिँदै होला
आज प्रेमको चुनाव छ
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८ ११:१३
प्रतिक्रिया दिनुहोस्