site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

क्यानबेरा । अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ ।

“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टिकोणले अत्यन्त खतरा छ । त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भनेका छन् ।

Global Ime bank

उनले युक्रेनमा अशान्ति नहोस् भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सिर्जना हुने खतरा देखिएको उल्लेख गरेका छन् ।

युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय