site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा कारको ठक्करबाट नेपालीको मृत्यु

सिडनी । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । आफ्नो छोरीको २५औँ विवाह वार्षिकोत्सवमा भाग लिन गएका ७९ वर्षीय वृद्धको आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो । उनको नाम र नेपालको ठेगाना भने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले सो घटनाका बारेमा जानकारी दिएर मदत गर्न सर्वसाधारणलाई अपील गरेका छन् । 

प्रहरीले त्यहाँ रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ । आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा आइतबार राति ११.४५मा पुगेको थियो । स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।

विचलित अवस्थामा भएकी उनकी छोरीले बाबुलाई मदत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन् । हिट एन्ड रनमा संलग्न रहेको कारको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो । सो घटनाबारेमा कुनै सूचना मिलेमा  १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । डेली मेल

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro