site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बालयौन दुरुपयोग रोक्न नेपालसहित ६ देशको अपरेसन
Siddhartha BankSiddhartha Bank

सिउल । दक्षिण कोरियाको प्रहरीले बालबालिका केन्द्रित अन्तर्राष्ट्रिय यौन अपराधसँग लड्न अनलाइन प्लेटफर्म लन्च गरिएको जनाएको छ । 

सो प्लेटफर्मको अपरेसन इना रे (इन्टरनेशनल रेस्पोन्स अगेन्स्ट एक्सप्लोइटेसन) भएको जनाइएको छ । सो अपरेसनमा नेपालसहित ताइवान, सिंगापुर, इन्डोनेसिया र थाइल्यान्ड पनि संलग्न हुने जनाइएको छ । त्यसको मुख्य उदेश्य बालबालिकामाथिको यौन शोषण गरिएको तस्बिर निस्तेज गर्नु रहेको जनाइएको छ । 

Agni Group
NIC Asia

कोरियन प्रहरीका अनुसार अमेरिकी संस्था ‘द नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन’ पनि त्यसमा सहभागी हुन चाहेको छ । सो संस्था १९८४ मा स्थापना भएको हो  । 

सो अपरेसनमा सम्बद्ध देशका अधिकारीहरूलाई कुन देशबाट वेबसाइट होस्टिङ गरिएको छ, त्यस्ता सामग्री कहाँ आधारित छन् र यो कानुनी रूपमा दर्ता गरिएको छ कि छैन लगायतका कुरा हेर्ने अधिकार हुनेछ ।

Global Ime bank

यदि त्यस्तो साइट आफैँ गैरकानुनी ढंगले चलाइएको छ भने प्रहरीले अर्को देशमा भएका आफ्ना समकक्षीलाई प्रतिनिधिमण्डल पठाउन लगाउनेछ । यदि त्यो साइट कानुनी रूपमा दर्ता छ भने त्यस्ता साइटबाट गैरकानुनी भिडियो र तस्बिर हटाउन लगाउने जनाइएको छ ।

यो प्रणालीले अन्तर्राष्ट्रिय सहयोगलाई सजिलो, चुस्त र अझ बढी पारदर्शी बनाउने र यसले अपराधीहरूको ढाँचालाई ट्रयाक गर्न पनि मदत गर्ने अपेक्षा गरिएको जनाइएको छ । 

खआसियान क्षेत्रका राष्ट्रिय प्रहरी एजेन्सीहरूको यही जुलाई १ देखि ५ सम्म हुने बैठकका क्रममा अरु थप देशअरूलाई समेत यो परियोजनामा सामेल हुन आग्रह गरिने कोरियन प्रहरीले जनाएको छ । द कोरिया टाइम्स

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय