site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनका दुई पूर्वरक्षामन्त्री भ्रष्टाचारमा मुछिएको खुलासा
Siddhartha BankSiddhartha Bank

हङकङ । चीनले भ्रष्टाचारको आरोपमा दुई पूर्वरक्षामन्त्रीलाई छानबिन गरिरहेको खुलासा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले गत वर्ष ली शान्गफुलाई पदबाट बर्खास्त गरेपछि पार्टीबाट पनि निष्कासन गरेको थियो । 

उनलाई पार्टीको भावना अनुरुप काम नगरेको, राजनीतिक वातावरण बिगारेको, घुस लिएको, अरुको फाइदाका लागि काम गरेको, अरुलाई पैसा समेत दिएको लगायतका आरोप लगाइएको छ । उनको प्रकरण सैन्य अभियोजककोमा पठाइएको जनाइएको छ । उनी सन् २०२३ को अक्टोबरमा बर्खास्त गरिनुभन्दा दुई महिनाअघिदेखि देखिएका थिएनन् । 

Agni Group
NIC Asia

यस्तै, उनका पूर्ववर्ती अर्का रक्षामन्त्री वेई फेंघेलाई पनि पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लंघनको आरोप लगाइएको छ । उनी पाँच वर्ष रक्षामन्त्री भएर सन् २०२३ मा अवकाश पाएका थिए । उनलाई घुस र गिफ्खट लिएको जुन कानुनविपरीत भएको जनाइएको छ । उनको मुद्दा पनि सैन्य अभियोजकमा सिफारिस गरिएको छ ।

महिनौँसम्मको तीब्र अनुमान र संयमताका बीच चीनले अन्तिममा उसका दुई पूर्वरक्षामन्त्री गत वर्षदेखि देखिएका थिएनन् । अहिले आएर उनीहरू भ्रष्टाचारको छानबिनमा रहेको कुरालाई कन्फर्म गरेको हो । यो विषय सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको हो ।

Global Ime bank

दुवै मुद्दा अभियोजनका लागि सैन्य अभियोजकलाई जिम्मा लगाइएको त्यहाँको राष्ट्रिय मिडियाले जनाएको हो ।  उनीहरूसँगै एक दर्जनभन्दा बढी सिरियर जनरल र कार्यकारीलाई मिलिटरी इन्डस्ट्रीयलिस्टको कम्प्लेक्सबाट ओरालिएको छ । 

चीनका राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारविरुद्धमा आवाज उठाइरहेको बेलामा उनका दुई अधिकारी यसरी सोही अभियोगमा मुछिएका हुन् । उनीहरू पनि बहालमा रहेको बेलामा भ्रष्टचारविरुद्धमा कडा अभिव्यक्ति दिँदै आएका थिए । राष्ट्रपति सीको महत्त्वकांक्षाअनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई वल्र्ड क्लासको फाइटिङ फोर्स बनाउन चीनले उपकरणहरू खरिद र अपग्रेड गर्नको लागि कैयौँ बिलियन्स डलर खर्च गरेको छ ।

सीले रकेट फोर्स पनि बनाएका छन् । जसको उदेश्य देशको तीब्र गतिमा विकास भइरहेको न्यूक्लियर र बलिस्टिक मिसाइलको शस्त्रागार हेर्ने कूलीन फोर्सको निर्माण हो । यद्यपि, दुई अधिकारीहरू अनियमिततामा मुछिएको प्रसंगले सीको योजनामा धक्का लागिरहेको देखिन आएको छ । एजेन्सी 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय