site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार र नेकपाबीच वार्ता : सहमति कार्यान्वयनको ‘टाइमलाइन’ बनाइयो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकार पक्ष र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताबीच छलफल भएको छ । यसअघि भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो ।

शनिबार गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र कानुनसचिव उदयराज सापकोटा सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

Agni Group
NIC Asia

०७७ फागुन २० गते सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

“सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भयो,” प्रवक्ता पोखरेलले भने ।

Global Ime bank

फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको उनले बताए ।

नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले आफ्नो पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

बैठकपछि प्रवक्ता विश्वकर्माले तीनबुँदे सहमति कार्यान्वयनको ‘टाइमलाइन’ वार्तामा बनाइएको जानकारी दिए । “आजको वार्तामा तीनबुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ । हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन् । आशा छ, छिटै निष्कर्ष निस्केला,” प्रवक्ता विश्वकर्माले भने ।

योभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले निरन्तर वार्ता गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu