site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरी ऐन कार्यान्वयन गर्न मधेसमा संकल्प प्रस्ताव
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । तीन वर्षदेखि प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै मधेस प्रदेश सरकारले संकल्प प्रस्ताव पेस गरेको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संकल्प प्रस्ताव पेस गरेका हुन् । यही माघ २३ गते मन्त्री साहले प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

Agni Group
NIC Asia

सदनमा पेस भएपछि अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । मधेस सरकारले तीन वर्ष पहिले प्रदेश प्रहरी ऐन बनाएको थियो । तर, संघीय सरकार बाधक बनेको भन्दै संकल्प प्रस्ताव पारित गरेर प्रहरी समायोजन, गठन र भर्ना प्रक्रिया सुरु गरिने बताइएको छ ।

“संघीय सरकारको गैरकानुनी र असंवैधानिक कदमविरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभासमक्ष बाध्य भएर प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली, २०७५ को नियम ८५ (१) बमोजिम यो संकल्प प्रस्ताव पेस गर्दछु,” प्रस्तावमा भनिएको छ ।

Global Ime bank

संघीय सरकारले गर्ने प्रहरी भर्ना स्वीकार नगर्ने प्रदेश सरकारको तयारी छ । संघीय सरकारविरुद्ध मधेस सरकार कानुनी लडाइँका लागि अदालत पनि जाने तयारी गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu