अर्थ व्यवसाय
काठमाडौं । टाटा मोटर्सको टाटा नेक्सन २०२२ जनवरीमा पनि सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको छ । हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडी पारेर टाटा नेक्सन शिर्ष स्थानमा रहन सफल भएको हो ।
टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको दाबी कम्पनीले गरको छ ।
टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको जनाएको छ । किया सेल्टोस ११ हजार ४८३ युनिटसहित दोस्रो स्थानमा र हुन्डाई भेन्यू ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा रहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८ १२:५१
प्रतिक्रिया दिनुहोस्