site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनएकाे निर्वाचन कार्यतालिका सार्वजनिक गर्न वरिष्ठ उपाध्यक्षको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको कार्यतालिका सार्वजनिक गर्न संघका वरिष्ठ उपाध्यक्ष बद्री केसीले माग गरेका छन् । अझै पनि संघको निर्वाचन बिथोल्ने प्रपञ्च रचिएको भन्दै उनले आगामी फेबु्रअरी २८ का लागि तोकिएको निर्वाचनको आन्तरिक सबै तयारी पूरा भएको भन्दै निर्वाचनको कार्यतालिका प्रकाशन गर्न माग गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष केसीले आगामी अध्यक्षमा निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।
उनले पछिल्लो पटक तोकिएको निर्वाचनको मितिमा चुनाव गर्न सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको अवस्थामा विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै आधार नभएको बताए ।

संघको निर्वाचनको विषयमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको तर, हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण रहेको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आईसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको उनले बताए । “यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यो परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन” उनले पत्रकार सम्मेलनमा भने ।

उनले संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक–पटक समस्या समाधानका लागि पहल भएको समेत बताए । “हाम्रा प्रयासहरु विधि, विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ,” उनले भने ।

Royal Enfield Island Ad

त्यसपछि पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको उनले बताए ।

यसबाहेक आईसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको उनले बताए ।

तर, यी सबै आधारहरुलाई वेवास्ता गरी, पटक–पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु कत्तिको उचित होला ? भन्दै उनले प्रश्न गरेका छन् । “भोलिका दिनमा कस्तो नजीर स्थापित गर्ला हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमीक्षासहित सोच–विचार गर्नैपर्ने देखिएको छ”, उनले भने, “निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उमेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको छ । तर, सत्यकै जित हुनेछ ।”

उनले संघको निर्वाचनमा भएको ढिलाइले विश्वभरका तीन हजानर ६०० धन्दा बढी गैरआवासीय नेपालीको मतदानको अधिकार खोसिएको र उनीहरु संस्थाप्रति समेत उदासिन बनेको बताए । “संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु,” उनले भने ।

उनले महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आईसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्नसमेत आग्रह गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro