site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असुरक्षित बजारको मारमा पर्दैछन् इलामका दूध व्यवसायी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

इलाम । इलामको सूर्योदय नगरपालिका ११ को ज्योती पुञ्ज गाईफार्म सञ्चालक गोपाल भट्टराईसँग कोरोनाको पहिलो लहरमा महिना दिनसम्म दैनिक  ४५ लिटर दुग्ध नस्ट गरेको सम्झना आलै छ । उनी भन्छन्, “सरकार जिम्मेवार नभएसम्म जोखिम मोलेर केही गर्न नसकिने रहेछ ।”

इलाममा दुग्ध विकास संस्थान (डीडीसी)र निजी दुग्ध उद्योगका लागि  ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब ४ हजार परिवार कृषककको पीडा ज्योति पुञ्ज गाइफर्मका सञ्चालकको जस्तै छ । 

इलामका किसानले दैनिक ३३ लाखको हाराहारीको दूध बिक्री गर्ने गरे पनि  उत्पादक कृषकको अवस्था भने कहिल्यै उकालो नलागेको अनुभव छ इलाम नगरपालिका १० को त्रिएक गाई फर्मका सञ्चालक दिलिप(ओमनाथ) प्रधानको । करोड माथि लगानीमा फर्म सञ्चालन गरेका प्रधानले सुनाए, “सोचे जस्तौ अझै भएन ।”  

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुग्ध उत्पादन बढेपछि नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)को विराटनगर कार्यालयले मेसिन बिग्रेको भन्दै दुग्ध खरिद बन्द गर्ने गरेको कृषकको आरोप छ । विराटनगरमा  इलाम, धनकुटा र तेह्रथुमका किसानको दुध जम्मा हुन्छ ।  

Royal Enfield Island Ad

सूर्योदय नगरपालिका ११ भालुखोपको थ्रिव्रदर्स गाई फार्मका सञ्चालक कुमार रेग्मी पनि असुरक्षित बजारको कारण दुग्ध उत्पादक फर्महरु नाफामा जान नसकेको बताउँछन् । उनी भन्छन्, “पशु आहाराको मूल्य अकासिए पनि किसानले पाउने दुधको मूल्य उत्पादन लागतको आधारमा वृद्धि नभएकाले फर्महरु संकटमा पर्न थालेका छन् ।”

इलामबाट दैनिक २५ हजार लिटरको हाराहारीमा डीडीसीको विराटनगर कार्यालयमा पुग्ने गरेको छ । किसानले अहिले ३ प्रतिशत फ्याट र ८ प्रतिशत ल्याक्टो भएको दूधको प्रतिलिटर मूल्य ४१ रुपयाँ ३२ पैसा पाउने गरेका छन् । 

डीडीसीले इलाममा आठवटा चिस्यान केन्द्र, धनकुटाको हिलेमा १ र तेह्रथुमको चित्रेमा १ चिस्यानकेन्द्र मार्फत दैनिक ३८ हजार लिटरको हाराहारीमा दूध संकलन गर्दै आएको थियो । 

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दूध खपत गर्दै आएको छ ।  निजी डेरीमा मात्रै एकहजार भन्दा बढी कृषकले दूध बिक्री गर्दै आएका छन् ।  इलामका १० वटै स्थानीय तहमा गाईपालक कृषकहरुको सघन उपस्थिति रहेको छ ।  

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दूध संकलन गर्दै आएका छन् ।  स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दूध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ ।

ललिपप, बम्बैसन जस्ता मिठाई बनाउने उद्योगले ३ हजार लिटर र भारतका बजारमा ३ हजार लिटर दूध बिक्री हुने गरेको व्यवसायीहरु वताउँछन् । इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दूध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ । 

इलाममा वार्षिक एकलाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । गाई पालनमा किसानको ठूलो लगानी भए पनि अनिश्चत बजार र सरकारको वेवास्थाको कारण दुग्ध व्यवसाय संकटमा पर्दै गएको राष्ट्रिय कृषक समुह महासंघका इलाम अध्यक्ष विष्णु दुलाल बताउँछन् । 

कृषिमा रमाएको युवा पुस्ता 

इलाम नगरपालिका १० को गोदकमा मेची राजमार्गको छेउमै एक करोड ऋण लिएर शुरु गरेको त्रिएक कृषि तथा पशुपालन फार्ममा दिलिप (ओमनाथ) प्रधानसँगै उनी जस्तै ७ युवाको दिन बित्ने गरेको छ । 

उनको फार्ममा पुग्दा २० वटा गाईबाच्छा, ४५ वटा बाख्रा, बारीभरी विभिन्न जातका घासका विरुवा देख्न पाइन्छ । 

युवाहरुले दुई लाख ५० हजारको दूध दुहुने मेसिनबाहेक अहिलेसम्म कुनै अनुदान नलिएको प्रधानले बताए । अहिलेसम्म नाफा घाटा बराबरी भए पनि भविश्य राम्रो हुने उनीहरुको विश्वास छ । चिया कारखानाबाट शुरु भएको उद्यममा अहिले कृषि र पशुपंक्षी पालनका समेत राम्रै सफलता हात मिलेको प्रधानले बताए । फार्ममा चालिस वर्ष ननाघेका युवाहरु सकृय छन् । 

फर्ममा प्रधानसहित नरेश राई, इन्द्र बहादुर राई, तिर्थ बहादुर राई,  सुविन्द्र राई, अमिर राई, इश्वर श्रेष्ठ रहेका छन् । 

उनीहरुले उत्पादन गरेको दुग्ध देखि बट्टाई सम्मका उत्पादनहरु समेत फर्मबाटनै बिक्री हुने गरेको उनीहरुले बताए । त्यहाँ स्थानीय युवालाई रोजगारी समेत मिलेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro