site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
स्विनीले टेस्ला कार लिएर मस्कको एकाउन्ट बन्द गर्न मानेनन् 
SkywellSkywell

वासिङटन । टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकृत (सीईओ), विश्वकै सबैभन्दा धनी अर्बपति एवं स्पेस एक्स कम्पनीका मालिक एलोन मस्कसँगको एक रोचक प्रसंगलाई लिएर निकै चर्चामा आएका ज्याक स्विनीले पुनः एकपटक संसारको ध्यान आफूतिर तानेका छन् ।

मस्कको निजी जेट विमान ‘ट्रयाक’ गर्ने ट्विटर एकाउन्टका कारण उनले रातारात लोकप्रियता कमाएका हुन् । उनको ‘एटएलोनजेट’ ट्विटर एकाउन्टमा अहिले झन्डै तीन लाख ५० हजार फलोअर छन् ।

Dabur Nepal
NIC Asia

मस्कले उनको एकाउन्टका कारण सधैँ आफ्नो विमानको ट्रयाकिङ हुने हुँदा सुरक्षाको समस्या देखिन सक्ने भएकाले त्यसलाई ‘अफलाइन’ गर्ने हो भने उनलाई पाँच हजार अमेरिकी डलर दिने प्रस्ताव राखेका थिए । तर, उनले मस्कको सो प्रस्ताव ठाडै अस्वीकार गरे । यद्यपि, उनले ५० हजार डलर दिएमा वा ३८ हजार डलरभन्दा महँगो टेस्ला कम्पनी मोडेल–३ विद्युतीय कार पाए मस्कको इच्छा पूरा गरिदिने बताएका थिए । तर, केही समय मस्कले कुनै जवाफ फर्काएनन् ।

अहिले १९ वर्षीय स्विनीले मस्कको तर्फबाट राखिएको तीन वर्षका लागि निःशुल्क मोडल–३ कार उपलब्ध गराउने प्रस्ताव पनि अस्वीकार गरेका छन् । शुक्रबार कार भाडामा दिने कम्पनी अटोनोमीका प्रमुख कार्यकारिणी अधिकृत स्कट पेन्टरले स्विनीसमक्ष यदि मस्कको जेट ट्रयाकिङ एकाउन्ट बन्द गरिएको खण्डमा तीन वर्षका लागि टेस्ला कार उपलब्ध गराइने प्रस्ताव राखेको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।

स्विनीले आफूलाई फर्काउनुपर्ने कार नचाहिएको प्रतिक्रिया दिएका छन् । उनले यदि टेस्ला कार आफ्नै हुने हो भने तत्कालै एकाउन्ट अफलाइन गर्ने पनि बताएका छन् । साथै, उनले ५० हजार डलर पाए पनि टेस्ला कार किन्दा अधिकांश पैसा मस्ककै पोल्टामा पर्ने बताएका छन् । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro