काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलले प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ ।
कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आप्mनो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनै पनि किसिमका दुर्घटनाविरुद्ध सात लाख रुपैयाँको बिमाको सुविधा पाउनेछन् । हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारहरूका लाागि बिमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको जनाइएको छ । यसरी आफ्नो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड इन्जिनियर अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन्छ भनेर जानकारी तथा तालिम समेत प्रदान गराए ।