काठमाडौं। इजिप्टका गोलरकिपर मोहम्मद अबौगाबल नायक सावित भएको दिन इजिप्टले बिहीबार राति क्यामरूनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अफ्रिकन कप अप नेशन्सको फाइनलमा स्थान बनाएको छ।
आयोजक क्यामरुनविरुद्वको दोस्रो सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनल्टीसुटआउटबाट लिएको थियो ।
इजिप्टले अब फाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने छ । यससँगै लिभरपुलका दुई स्टार मोहम्मद सालाह र साडियो माने आमनेसामने हुने भएका छन् ।
खेलमा घरेलु टोली क्यामरुन अभागी सावित भएको थियो । उसले ९० मिनेट भित्र गरेका गोलका केही राम्रा प्रहार सफल भएन । मिचेल नडेउ नाजुइसले गरेको हेड पोस्टमा लाग्दा सामुएल गोउट्सले गरेको लामो प्रहार पनि पोलमा लागेको थियो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
इजिप्पटका लागि मोहम्मद सलाहले पनि गोलका केही प्रयास गरेपनि सफल हुन सकेनन् । निर्धारित समय गोलरहित बराबरी भए लगतै इजिप्टका प्रशिक्षक कारलोस क्विरोज रातो कार्ड खाएर टचलाइन छोड्न बाध्य भए । अब उनले फाइनल खेलमा समेत टचलाइनमा रहने अवसर गुमाउँने छन् । यसअघि उनले मोरक्कोविरुद्व क्वार्टरफाइनलमा समेत पंहेलो कार्ड खाएका थिए ।
पेनल्टी सुटआउटमा जित निकालेसँगै अफ्रिकन कपको इतिहासमा सर्वाधिक दुई सफल टीम पुन एकपटक फाइनलमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।