काठमाडौं । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
माघ १९ देखी डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ ।
सोरुम समुद्धघाटन डिसहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको डिस मिडिया नेटवर्कले जनाएको छ ।
डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको दीपा इम्पेक्सले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ ।
१५ सय भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा इम्पेक्सले अव अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए ।