site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले रुसलाई युद्धमा तान्न खोज्दै छ : पुटिन
फाइल तस्बिर ।

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

युक्रेन संकट बढिरहेको कैयौँ साताहरूपछि महत्त्वपूर्ण टिप्पणी गर्दै राष्ट्रपति पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा टकराव प्रयोग गर्नु रहेको बताए ।

उनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाको बारेमा रुसको चिन्तालाई बेवास्ता गरिरहेको पनि बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

युक्रेनको सिमानानजिक रुसी सेना तैनाथ भएपछि तनाव बढेको छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा झन्डै एक लाख फौज तैनाथ गरेको छ ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डानबोस क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ ।

मस्कोले युक्रेनलाई पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापना गर्न गरिएको एउटा अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुससमर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन् ।

पुटिनले के–के भने ?
राष्ट्रपति पुटिनले अमेरिका युक्रेनको सुरक्षाबारे चिन्तित नभएको पनि आरोप लगाएका छन् । उसको काम रुसको विकासलाई रोक्नु रहेको उनको भनाइ छ ।

मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि बोल्दै पुटिनले भने, “संयुक्तराज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन । तर, यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो । युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नका लागि एउटा मोहरा मात्र हो भन्ने देखिन्छ ।”

विश्वसका सबैभन्दा ठूला परमाणु हतियार भएका रुस र अमेरिकाबीचको प्रतिद्वन्द्व शीतयुद्धकालदेखिको हो । युक्रेन त्यति बेला कम्युनिस्ट सोभियत संघको महत्त्वपूर्ण हिस्सा थियो ।

पुटिनले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुने गरी सुरक्षा सुनिश्चिता गर्न रुसले गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको बताए ।

उनले युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अरू सदस्य राष्ट्रहरूलाई पनि रुससँग युद्धमा तान्न सक्ने चेतावनी दिए ।

उनले भने, “कल्पना गर्नुहोस्, युक्रेन नेटोको सदस्य भयो र (क्राइमिया पुनः प्राप्त गर्न) सैन्य अभियान सुरु ग¥यो भने ? के हामी नेटोसँग लड्न जाँदै छौँ ? कसैले यसबारे सोचेको छ ? यस्तो देखिन्छ उनीहरूले त त्यो सोचेकै छैनन् ।”

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि हुने कुनै पनि रुसी आक्रमणले युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन् । उनले त्यस्तो भएमा त्यो निकै दुःखद हुने बताए ।

जेलेन्स्कीले युद्ध नचाहेको देखाउन रुसको एक मात्र तरिका भनेको युक्रेनको सिमानाबाट आफ्ना सेना फिर्ता गर्नु भएको बताए ।

यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको भ्रमण गरिरहेका छन् । उनले रुसी आक्रमणलाई दृढ युक्रेनी सेनाले सामना गर्ने बताइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro