site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सुरक्षा परिषद् बैठकमा अमेरिकी र रुसी दूतबीच तनाव
Siddhartha BankSiddhartha Bank

न्युयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी दूतहरूबीच आक्रोशपूर्ण भनाभन भएको छ । युक्रेनको सिमानामा रुसले आफ्नो एक लाख फौज तैनाथ गरेको विषयमा छलफल गर्न संयुक्तराज्य अमेरिकाले यो बैठक बोलाएको हो ।

अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले दशकौँपछि पहिलोपटक यति धेरै संख्यामा सो क्षेत्रमा सैनिक परिचालित भएको देखिएको अभिव्यक्ति दिएकी छन् ।

Agni Group
NIC Asia

लिन्डाका रुसी समकक्षीले अमेरिकाले रुसी मामिलामा पागलपन उक्साइरहेको र अस्वीकार्य किसिमको हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् ।

अमेरिका र बेलायतले यदि रुसले युक्रेनमाथि आक्रमण गरेको खण्डमा रुसमाथि थप नाकाबन्दी लगाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

Global Ime bank

बेलायती विदेशमन्त्री लिज ट्रसले त्यो स्थितिमा क्रेमलिनको निकट रहेका थुप्रै व्यापार, व्यवसायलगायत व्यक्तिहरूमाथि नाकाबन्दी हुन सक्ने बताएकी छन् । एक अमेरिकी अधिकारीले वासिङटनको नाकाबन्दीको अर्थ क्रेमलिननिकटका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय आर्थिक प्रणालीबाट अलग्याइनु रहेको स्पष्ट पारेका छन् ।

रुसले सुरुदेखि नै युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको अडान दोहोर्‍याउँदै आएको छ । युक्रेनको समस्या सुल्झाउन कूटनीतिक पहल पनि जारी रहेको छ । मंगलबार बेलुका (स्थानीय समय) अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी समकक्षी सर्गेइ लाभ्रोभसँग वार्ता गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका अझै पूर्ण रूपमा वार्ताप्रति कटिबद्ध रहेको र अमेरिकाले निरन्तर रूपमा युक्रेनलगायत आफ्नो गठबन्धन र साझेदारहरूसँग पनि परामर्श जारी राख्ने जनाएका छन् । मंगलबार नै बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि मस्कोसँगको समस्याको कूटनीतिक समाधान खोज्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका लागि युक्रेन प्रस्थान गर्दै छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय