site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालीबाट फ्रेन्च राजदूत निष्कासित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बामाको । मालीका सैनिक नेताहरूले फ्रान्सका राजूदतलाई देश निकाला गर्ने निर्णय गरेका छन् । फ्रान्सका विदेशमन्त्रीले मालीको संक्रमणकालीन सरकारविरुद्ध आपत्तिजनक टिप्पणी गरेको कारण यो कदम उठाइएको हो ।

फ्रान्सले ७२ घन्टाभित्र माली छाड्न आदेश दिइएका आफ्ना राजदूत जोएल मियरलाई स्वदेश फिर्ता बोलाइसकेको जानकारी दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत साता फ्रान्सका विदेशमन्त्री जिन–भेस ली ड्रियानले मालीको सैनिक सरकार अर्थात जनता "अवैधानिक र अनियन्त्रित" भएको टिप्पणी गरेका थिए । पूर्व फ्रेन्च उपनिवेश मालीमा रुसको बढ्दो संलग्नतालाई लिएर पश्चिम जगत पनि चिन्तित रहेको छ ।

पछिल्ला साताहरूमा रुसले जिहादी लडाकुहरूविरुद्धको युद्धमा स्थानीय सुरक्षा फौजलाई बलियो बनाउने उद्देश्यले मालीमा सैनिक सल्लाहकारहरू पठाएको बताइएको छ ।

Royal Enfield Island Ad

अपुष्ट समाचारअनुसार मालीमा सयौँ संख्यामा शसस्त्र फौज पनि परिचालित छन् ।

सन् २०१३ मा माली सरकारलाई जिहादीविरुद्ध लड्नका लागि सहयोग गर्न फ्रान्सले मालीमा हस्तक्षेप गरेको थियो । अहिले फ्रान्स स्वयम् पनि त्यहाँ आफ्नो फौजको उपस्थित संख्या घटाउने योजनामा रहेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  २२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro