site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्रीको निर्देशन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुह्वेश्वरीमा निर्माण गरिएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, वनकाली, गुह्वेश्वरीलगायत क्षेत्रमा पुगेका थिए ।

Agni Group
NIC Asia

सो क्रममा उनले पशुपति क्षेत्रभित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरूले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाइए पनि धर्मावलम्बीलाई अप्ठेरो हुने गरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

Global Ime bank

उनले पशुपति क्षेत्रमा निःशुल्क गाईपालनका लागि स्थान दिइएकोप्रति पनि आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu