site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा सत्तारूढ गठबन्धनको निष्कर्ष– गठबन्धनमा गम्भीर कमजोरी छन्
राष्ट्रिय सभामा गण्डकीमा बुधबार विजयी उमेदवारहरू ।

पोखरा । सत्तारूढ पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहेको निष्कर्ष निकालेको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे समीक्षा गर्न बिहीबार बसेको बैठकले गठबन्धनमा गम्भीर समस्या रहेको निष्कर्ष निकालेको हो । 

बैठकले गठबन्धनका आ-आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको छ । 

Dabur Nepal

यद्यपि बैठकबारे जारी गरिएको विज्ञप्तिमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे केही उल्लेख छैन । तर, बुधबार नेताहरूले यसबारे आज छलफल गरेर छानबिन गरिने बताएका थिए ।

बैठकले निर्वाचित उमेदवारलाई बधाई पनि दिएको छ । 

यसैगरी बैठकले गठबन्धनको आवश्यकता र औचित्यलाई थप पुष्टि गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकालेको विज्ञप्तिमा भनिएको छ । 

हेर्नुहोस् विज्ञप्ति :

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro