site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीसँग वर्षमानको माग : देउवाको गृह जिल्लामा पुल बनाइदिनुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रमुख सत्तारूढ घटक कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएका बेला चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुटयाए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण पुन बन्न नसकेको बताए । देउवाको गृहजिल्लामा मात्र नभई देशैभर विकासको यही अवस्था रहेको उनको भनाइ थियो ।

"म हिजो संसद्को प्रमुख दलका सभापति माननीय शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर आएँ । आजै मात्र फर्किएको छु," पुनले भने, "त्यहाँ ठूलो रंगुन नदी रहेछ । त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ । तर, सरकारले ठेक्का लगाइराखेको छैन । रोल्पामा पनि त्यस्तै छ, अरु जिल्लामा पनि त्यस्तै छ ।"

आफूले बजेट बनाउँदा प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सांसदको सिफारिसका योजनामा देशैभर सडक, पुल र खानेपानीका योजनामा बजेट छुट्याएको भए पनि अहिलेको सरकारले टुक्रे आयोजनाको नाममा ठेक्का नलगाएको भन्दै पुनले असन्तुष्टि जनाए ।

"माननीय सदस्यहरूले दिनुभएका योजनाहरू कार्यान्वयन नगरेर एक मुष्ट रूपमा टुक्रे योजना भनेर आरोपित गरिएको छ । सरकार र सम्बन्धित मन्त्रालयको खर्च गर्ने रुची छैन," उनले भने, "के देशका १६५ वटै निर्वाचन क्षेत्रमा योजना पुग्न हुने थिएन ? संघीय सरकारले ती क्षेत्रहरूमा बाटो बनाउनुपर्ने, पुल बनाउनुपर्ने, खानेपानी पुर्‍याउनुपर्ने होइन ?' 

पुनले सत्तापक्षकै सांसदहरूले आफूसँगको अनौपचारिक भेटमा सरकारले विकास बजेट खर्च गर्न तदारुकता नदेखाएको विषयमा खबरदारी गरिदिन आग्रह गर्ने गरेको पनि सुनाए । पुनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा एमाले रहेको र भौतिक पूर्वाधारजस्ता अर्बौँ बजेट खर्च गर्ने मन्त्रालयको नेतृत्व लिएको पार्टीले अहिले बजेटको स्वामित्व नलिएकामा आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro