site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा हुन्छ : उपप्रधानमन्त्री सिंह
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गरे । वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरू मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरूबाट जनताका अधिकार खोस्ने काम नहुने बताए ।

"हामी गैरजिम्मेवारपूर्ण तरिकाले गतिविधि गर्न थाले भएको अधिकार पनि गुम्नसक्ने खतरा छ । त्यतातिर पनि अलिकति हामीले होस पुर्‍याउनुपर्छ । केही कदम चाल्दा, बोल्दा होस पुर्‍याउनुपर्छ । नेपाली कांग्रेस, नेकपा एमालेलगायत अरु दलहरू मिलेर वर्तमान सरकार बनेको छ । यी दुई पार्टी त जनताको अधिकारको लागि लडेको, भिडेको हो । सबैले चिनेको पार्टी हो," उनले भने ।

उनले आउँदो दिनमा संविधानले दिएको अधिकार समान रूपले उपयोग गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro