site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको सम्बोधनबारे महतले भने– प्रधानमन्त्री आफैँ बन्ने अवस्था सकिएपछिको अभिव्यक्ति 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनलाई जसरी पनि प्रधानमन्त्री हुने अवस्था अन्त्य भएपछिको टिप्पणीका रूपमा अर्थ्याएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले प्रचण्डले विपक्षीको धर्म निर्वाह मात्र नगरेको बताए ।

“विपक्षीको धर्म निर्वाह गर्नेभन्दा पनि, प्रधानमन्त्री पदमा उहाँ लगातार नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री पदचाहिँ प्रचण्डकै हुन्छ, प्रचण्डजीभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो,” महतले भने, “त्यो परिस्थिति समाप्त भएको हुनाले उहाँका धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको महसुुस गरेँ ।”

कांग्रेससँगको सरकार तोड्दा अर्थमन्त्री (आफू)ले सहयोग नगरेको प्रचण्डको अभिव्यक्ति महतले स्मरण गरे । उनले आर्थिक मन्दीको अवस्थाबाट देश अघि बढाउने विषयमा आफ्नो भूमिका प्रचण्डले बुझ्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेस–माओवादीको सरकार फेरिँदा लगानी सम्मेलन ‘फेल’ भएको समेत बताए ।

प्रचण्डले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro