अर्थ व्यवसाय
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा कम्पनी, लघु वित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयरहरू खरिद बिक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ ।
धेरै लगानीकर्ताहरूले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरूबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै नयाँ सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८ १६:४७
प्रतिक्रिया दिनुहोस्