site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा कोरोना संक्रमित मतदाताका लागि छुट्टै बुथ
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा आज बुथ निर्माण गरिएको छ । मतदान केन्द्रमा तीनवटा बुथको व्यवस्था गरिएको छ ।

प्रदेशसभा सदस्य, नगर प्रमुख/उपप्रमुख र कोरोना संक्रमित मतदाताका लागि गरी छुट्टाछुट्टै बुथ निर्माण गरिएको निर्वाचन अधिकृत विरेन्द्र मिश्रले जानकारी दिए । 

मतदाताहरूले मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य रूपमा लिएर जानुपर्ने छ । मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम चेकजाँच हुने छ । रुघाखोकी लागे/नलागेकोबारे पनि प्रहरीले सोधपुछ गर्नेछ । रुघाखोकी लागेका र कोरोना संक्रमित मतदाता एउटा बुथमा मतदान गर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोलीसमेत खटाइने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एउटा बुथमा आठजना कर्मचारी खटाइने छ ।  प्रत्येक बुथमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगीलाई परिचालन गरिने मिश्रले जनाए ।

Global Ime bank

मधेश प्रदेशमा दुई पदका लागि चार जनाको उमेदवारी परेको छ । सत्तारूढ र प्रतिपक्षी दलको गठबन्ध छ । सत्तारूढ पाँच दलको संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा माओवादी केन्द्रका हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।

यस्तै सुरुमा छुट्टा छुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा एमाले र लोकतानित्रक समाजवादीले पनि गठबन्धन गरेका छन् । माघ ६ गते दुवै दलका प्रदेश अध्यक्षले संयुक्त उमेदवारको रूपमा रूपा यादव र उसमान अन्सारीको नाम सार्वजनिक गरेका छन् । एमालेबाट महिलातर्फ उमेदवारी दर्ता गराएका विना साहले आफ्नो उमेदवारी फिर्ता लिइसकेकी छन् भने लोसपाबाट श्यामसुन्दर सरदारको उमेदवारी रद्द भएको थियो । स

मधेश प्रदेशमा दुई सय ६८ पालिका प्रमुख/उपप्रमुख छन् भने १०४ प्रदेशसभा सदस्य छन् । पालिका प्रमुख र उपप्रमुखको मतभार चार हजार आठ सय २४ रहेको प्रदेश निर्वाचन कार्यालयकी पुष्पा यादवले जानकारी दिइन् । उनकाअनुसार सांसदको मतभार चार हजार ९ सय ९२ गरी कुल मतभार ९ हजार आठ सय १६ छ । जसमध्ये मधेस प्रदेशमा एमालेको पालिका प्रमुख र उपप्रमुख २९ तथा प्रदेश सांसद आठ जना छन् । एमालेसँग गठबन्धन गरेका लोसपाको पालिका प्रमुख र उपप्रमुख ४२ र प्रदेश सांसद १६ जना छन् ।

यता सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत समाजवादी)सँग पालिका प्रमुख र उपप्रमुख एक सय ९५ र प्रदेश सांसद ७९ जना छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement