site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नर्वेमा तालिवान र पश्चिमेली दूतहरुबीच वार्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कावलु । अफगानिस्तानको अतिवादी इस्लामिक समूह तालिवानका सदस्यहरु सत्तामा पुगे यता पहिलोपटक युरोपमा पश्चिमेली अधिकारीहरुसँग नर्वेमा वार्तामा व्यस्त छन् । तीन दिनसम्म चल्न सो वार्ता अफगानिस्तानमा विद्यमान मानवीय समस्या र मानवअधिकारको स्थितिमाथि केन्द्रित रहने बताइएको छ । संयुक्त राष्ट्रसंघले अहिले ९५ प्रतिशत अफगान जनताले खान नपाएको जनाएको छ ।
 
तालिवानसँग वार्ता गरिनु हुन्नभन्दै युरोपका विभिन्न स्थानमा विरोध प्रदर्शन आयोजना भएका छन् । आइतवार तालिवानले मानव अधिकारवादी अभियन्ताहरुसँग छलफल गरेकोबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर, त्यस वार्तामा संलग्न एकजना महिला अधिकारवादी अभियन्ता जमिला अफगानीले एएफपी समाचार निकायलाई बताएकी छन्, “वार्ताकारहरुले सदाशयता प्रकट गरेका छन् । तिनीहरुले दिएका वचनलाई कति कार्यान्वयन गर्छन् हेरौं ।”
  
सोमवारको वार्ता निकै महत्वपूर्ण हुने बताइएको छ । तालिवान समूहले अमेरिकी बैंकहरुमा रोक्का गरिएका अर्वौं अमेरिकी डलर फुकुवा गराउन पहल गर्ने भएको छ ।
 
अफगानिस्तानमा अहिले बेरोजगारी समस्या र बजार भाउ निकै बढिरहेको छ । मुद्रा अवमूल्यन पनि वृद्धि भइरहको स्थितीमा बैंकहरुबाट तोकिएको निश्चित रकम मात्र झिक्न पाइने व्यवस्था गरिएको छ । नर्वेको राजधानी ओस्लोको एउटा होटेलमा भइरहेको वार्तामा पश्चिमी दूतहरुले थप समावेशी सरकार र मानव अधिकारको महत्वमाथि जोड दिने आशा गरिएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement