विशेष
![उपत्यकाका सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने](https://12khari.top/uploads/posts/akdfmdkmg1642930350.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप सहज बनाउन काठमाडौं उपत्यकाका सातवटा ट्राफिक कार्यालयहरूमा ट्राफिक जरिवाना तिर्न सकिने मेसिन विस्तार गरिएको छ ।
सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरिएको हो ।
यसअघि, यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालन भइसकेको र आजदेखि महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १५:१६
प्रतिक्रिया दिनुहोस्