site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलामको सुकिलुम्बा विमानस्थलमा फागुनदेखि उडान हुने, तारा एयरले सातामा एक उडान गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा आउँदो फागुनदेखि हवाई सेवा सुरु हुने भएको छ ।

इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा यही माघ ३ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप आउँदो फागुन ८ गतेदेखि प्रत्येक आइतबार काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सम्झौताअनुसार यो रुटमा उडान भर्न कम्तीमा ११ जना यात्रु हुनुपर्नेछ । १० जना यात्रु मात्रै भए एकजना बराबर यात्रुको शुल्क नगरपालिकाले ‘कम्पनसेट’ गर्ने नगरप्रमुख महेश बस्नेतले बताए । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा आठ हजार ७०० रुपैयाँ तोकिएको छ ।

“कम्तीमा ११ जना यात्रु हुनुपर्छ भनिएको छ । एक उडानमा १० जना मात्रै यात्रु भए भने एकजना यात्रु बराबरको शुल्क नगरपालिकाले विमान कम्पनीलाई तिर्ने सहमति भएको छ,” उनले बाह्रखरीसँग भने ।

Royal Enfield Island Ad

इलाममा हवाई सेवा सुरु भएपछि काठमाडौंसँगको निकटता अझ धेरै जोडिने उनले बताए । “आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा यसले महत्त्वपूर्ण प्रभाव पार्छ भनेर नै नगरपालिकाले लगानी गर्न खोजेको हो । काठमाडौं हुँदै विश्वसँग अझ निकटता जोडिन्छ । अब इलाम विश्व समुदायसँग नजिकबाट जोडिन्छ भन्ने हामीले अनुमान गरेका छौँ,” उनले भने ।

इलाम प्रमुख पर्यटकीय स्थान हो । सन्दकपुर, माइपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगरलगायत यस क्षेत्रका आर्कषक पर्यटकीय केन्द्र हुन् ।

मेयर बस्नेतका अनुसार हालसम्म यहाँ हवाई सेवा प्रदान गर्न तारा एयर मात्रै इच्छुक देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro