काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ । लघुवित्त गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै कुल कर्जा लगानी समीक्षा अवधिमा आउँदा २२ अर्ब १३ करोड ४१ लाख पुर्याएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) वार्षिक २४.२२ रहेको जनाएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा रहेको छ । आर्थिक वर्षको दोस्रो त्रैकमासम्म लघुवित्तले ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२२.०८ प्रतिशतले बढी हो ।
पुस मसान्तसम्ममा संस्थाले ३ अर्ब २० करोड ८० लाख बचत परिचालन गरको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.९७ प्रतिशत रहेको जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९९.१२ प्रतिशत, अन्य सञ्चालन आम्दानी ११०.३४ प्रतिशत र सञ्चालन मुनाफा १८३.७३ प्रतिशतले बढेको छ ।
त्यस्तै लघुवित्तको चुक्ता पुँजी समीक्षा अवधिमा १७.५३ प्रतिशत, जगेडा कोष १७१.१६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८ प्रतिशतले बढेको छ ।