site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कोरोना संक्रमण अपडेट
Global Ime bankGlobal Ime bank
प्रदेश १ मा एकैदिन थपिए ८९१ कोरोना संक्रमित
SkywellSkywell

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।

KFC Island Ad
NIC Asia

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३–३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २–२, धनपालथान, सुनबर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५–५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जनाका कोरोना देखिएको हो ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा १०, चौवीसे, साँघुरीगढी र पाख्रिबासमा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro