site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग वाणिज्य संघ काठमाडौंले भन्यो– सरकारले दोषीलाई कारबाही गरेर बतासलाई क्षतिपुर्ति दिनुपर्छ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पछिल्लो नारायणहिटी प्रकरणले व्यवसायी आतंकित बनेको बताएको छ ।

मंगलबार एक विज्ञप्तिमार्फत संघले व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाईजेसनमाथि नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालन सम्बन्धी विवादमा व्यवसायीमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यमहरूमार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नारायणहिटी दरबार संग्रहालयमा सरकारले टेन्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीतिअनुसार विधिपुर्वक बतास अर्गनाइजेसनलाई सम्झौता गरी क्याफेटेरिया सञ्चालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रूपमा अनुमति प्राप्त गरिसकेपछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाणरहित विभिन्न तथ्यहिन समाचारहरूको आधारमा सरकारले एकाएक एउटा राज्य र जनता प्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एकतर्फी दोष देखाएर स्पष्टीकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस संघले गरेको विज्ञप्तिमा भनिएको छ ।

एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरीत भएको गतिविधिमाथि राज्यले यथाशीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही र पीडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गर्न संघले माग गरेको छ ।

Royal Enfield Island Ad

“एकतर्फी रूपमा विना अपराध व्यवसायी माथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तराष्ट्रिय जगतमा संप्रेषण हुने कुरामा हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ । यो विवादको समाधान खोज्न आनाकानी र ढिला सुस्ती गर्दै व्यवसायीमाथि एकतर्फी रूपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाँउदै गरेमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सम्पूर्ण निजी क्षेत्रलाई एकाबद्ध बनाई यस्तो प्रवृधिको विरोधमा चरणबद्ध कार्यक्रमहरू घोषणा गर्ने छ भनी सम्पूर्ण सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ,” अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro