site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दराजको नयाँ ब्रान्ड लोगो सार्वजनिक, नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर
SkywellSkywell

काठमाडौं । ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ।  दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।

रिब्रान्डको विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो भएको जनाइएको छ ।  नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्ने र जुन ई–कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरूलाई ग्राहकहरूसँग भौतिक रूपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक रहेको जनाइएको छ।

Dabur Nepal
NIC Asia

लोगोको केन्द्रमा एउटा तीर छ जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित रहेको जनाएको छ ।  तर, प्रयोगकर्ताहरूका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिने दाबी गरेको छ ।

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्र्ने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu