site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँचिन्छ कि मरिन्छ भन्ने ‘नोट’ छाडेर कहाँ गयो अग्रवाल परिवार ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंमा मदिरा व्यावसाय गर्दै आएको एक परिवारका सदस्य सम्पर्कविहीन भएका छन् । 

मिटर ब्याजमा रकम चलाएपछि बाध्य गराएर उनीहरुसँग कागज गर्नुपर्दा उनीहरुको कारोबार बिग्रन पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपालमा विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार पुस २२ गतेदेखि सम्पर्कविहीन भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अग्रवाल परिवार सम्पर्कमा नआएपछि प्रहरी खोजीमा सक्रिय भएको छ । विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिबाट अर्बौँ ऋण लिएको र सो तिर्न नसकेपछि अग्रवाल परिवार काठमाडौं छाड्न बाध्य भएका हुन् ।

सोही ऋणको बोझका कारण उनीहरु घर छाडेर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Royal Enfield Island Ad

अग्रवाल परिवारले घरभित्र एउटा लिखित पत्रसमेत छाडेर गएको पाइएको छ । सो पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा अग्रवाल, छोरा अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

पत्रमा विभिन्न व्यक्तिबाट मिटर ब्याजमा रकम लिएको र सोही रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

सो पत्रमा बाचिन्छ कि मरिन्छ, आत्महत्या गर्ने अवस्थामा पुर्‍याइएको लगायतका शब्द छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अग्रवाल परिवारको खोजी कार्य जारी रहेको बताए । 

उनले भने,“हामी छोरीज्वाईसँग निरन्तर सम्पर्कमा छौं । उहाँहरु जानसक्ने सम्भावित स्थानको खोजी गरिरहेका छौँ । कल डिटेललगायतका प्राविधिक पाटो हेरिररहेका छौं ।”

अग्रवाल परिवारले नेपालमा महँगो मदिराको व्यापार गर्दै आएको थियो । सो परिवारले २२ वर्षदेखि नेपालमा व्यापार गर्दै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro