काठमाडौं । सरकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि केही क्षेत्र बन्द गरेको छ । केही क्षेत्रमा कडाइ गरेको छ । सरकारले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ ।
आदेश अनुसार सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुललगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन ।
सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी माघ मसान्तसम्म जम्मा हुन पाइने छैन ।
डिर्पाटमेन्ट स्टोर, सपिङमललगायत क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने छ । दुई व्यक्तिबीच दुई मिटर दूरी हुनुपर्ने, सामान छुन नपाइने छैन भने जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।
पार्टी प्यालेसमा कुल क्षमताको बढीमा ५० प्रतशित मात्रै उपस्थित हुन पाइने छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नीलगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्नेछ ।
मठमन्दिरमा नित्य पूजा मात्रै गर्न पाइने र स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा पालन गर्नुपर्नेछ ।