site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेइजिङ ओलम्पिक्समा रोबोटले खाना पकाएर दिने !
Siddhartha BankSiddhartha Bank

बेइजिङ । २०२२ को विन्टर ओलम्पिक्सका लागि हाल चीनले विशेष तयारी गरिरहेको छ । विभिन्न विवाद र महामारीको अवस्थाका कारण पनि चीनका लागि यो महत्वपूर्ण समारोह सोचेभन्दा धेरै नै चुनौतीमय साबित भइरहेको छ । 

यस्तोमा मानव सम्पर्क सकेसम्म कम गराउने उद्देश्यले यतिबेला बेइजिङको ओलम्पिक भिलेजको क्यान्टिनमा खाना तयार गर्नेदेखि पस्किने सम्मका सबै काम रोबोटले गर्ने भएको छ । 

Agni Group
NIC Asia

यसमा भात, बर्गर, नुडल्स जस्ता खानेकुरा रोबोटिक शेफले नै पकाउनेछ ।

खेलको मिति नजिकिएसँगै चीनले कोभिड सम्बन्धी मापदण्डहरु अझ कडा रुपमा लागू गरिरहेको छ । खेलको अवधिभरि खेलाडी सहित मिडिया लगायत अन्य सबै स्टाफ एउटा बन्द क्षेत्रमा सिमित रहनुपर्ने हुन्छ । यसमा उनीहरुले शारीरिक रुपमा बाहिरी दुनियाँको पहुँच पाउनेछैनन् । 

Global Ime bank

र निर्धारित परिसर बाहिरबाट खानेकुरा समेत डेलिभरि गर्न अुनमति छैन । 

त्यसैगरी ओलम्पिक भिलेजलाई सुरक्षित राख्न निरन्तर डिसइन्फेक्ट गर्नका लागि पनि रोबोटहरु खटाइने बताइएको छ । बेइजिङ विन्टर ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि २० सम्म हुनेछ । साउथ चाइना मर्निङ पोस्ट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu