काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ । एमाले नेता सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले कोरोनाविरुद्धको खोप नागरिकलाई दिन नसकेको आरोप लगाएको छ ।
अघिल्लो सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा लागु गर्न नसकेको एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बुस्टर डोज खोप दिन नसकेको, अग्रपंक्तिमा काम गर्नेलाई प्रेरणादायक कार्यक्रम ल्याउन नसकेको, पालिकामा जनस्वास्थ्य कार्यक्रम ल्याउन नसेकेको एमालेको आरोप छ । सीमा क्षेत्रमा होल्डिङ सेन्टर बनाउन नसकेको एमालेले उल्लेख गरेको छ ।