अर्थ व्यवसाय
काठमाडौं । एमभी दुगड ग्रुपले निःशुल्क आँखाको शल्यक्रिया, रक्तदान, छात्रवृत्तिलगायत सामाजिक काम गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५औँ जन्मोत्सवको अवसर पारेर कम्पनीले यस्तो कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
यो कार्यक्रममा ६६६ युनिट रगत संकलन, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा बोटबिरुवा वृक्षरोपण गरेको जनाइएको छ । यस्तै, २५ जना आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्ति घोषणा पनि गरेको ग्रुपले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १२:२२
प्रतिक्रिया दिनुहोस्