site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओमिक्रोनको जोखिम बढ्यो : न हातमा स्याटिनाइजर न मुखमा मास्क !
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

विराटनगर । प्रदेश नम्बर–१ मा शनिबार कोरोना संक्रमितको संख्या अघिल्लो दिनभन्दा दोब्बर संख्यामा बढ्यो ।

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गरिएका मध्ये मोरङ र सुनसरीमा धेरै संक्रमित थपिएका थिए । यसअघि समेत झापा, मोरङ, सुनसरी र उदयपुरमा संक्रमणको चाप परेको थियो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या क्रमशः बढ्न थाले पनि कोरोनाप्रति बेवास्ता गर्ने क्रममा भने कमी आएको छैन । भारतीय सीमानाका जोगबनी हुँदै नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण गर्ने क्रम सुरु भए पनि पोजिटिभ देखिएका संक्रमितहरूको व्यवस्थापनमा पालिकाहरूले समेत खास चासो दिन छाडेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संघीय सरकारको लगानी र प्रदेश सरकारले झापा, दुहागढीमा व्यवस्थापन गरेको होल्डिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन । निर्माणकार्य पूरा नभएकोले सञ्चालनमा आउन ढिलो भए पनि तेस्रो लहरभन्दा अगावै सुरु गर्ने तयारी रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । उनले भने, “माघ पहिलो साताबाट नै एक हजारजना अटाउने होल्डिङ सेन्टर सञ्चालन गर्दै छौँ ।”

डेल्टा भेरियन्टसको संक्रमण मत्थर भई संक्रमण घटेसँगै सर्वसाधारणमा कोरोना जोखिमप्रति बेवास्ता गर्ने क्रम बढेको थियो । अधिक भिड हुने सपिङ मल, सिनेमा हल, अस्पताल र सार्वजनिकस्थलमा स्याटिनाइजर प्रयोग गर्न छाडिएको छ । मास्क नलगाई सार्वजनिकस्थलमा जानेहरू पनि बढेका छन् ।

Global Ime bank

कोसी अस्पतालका चिकित्सक डा. लक्ष्मीनारायण यादव कोरोनाको विषयमा बढ्दो बेवास्ताका कारण संक्रमण तीव्र रूपमा फैलने सम्भावना बढेको बताउँछन् । उनले भने, “बारम्बार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाउने बानी छाड्नु हुँदैन ।”

अहिले प्रदेश–१ मा सक्रिय संक्रमितको संख्या १९२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतीय सीमा क्षेत्रबाट मानिस निर्वाध आउने क्रमले नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढाएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

मुख्य नाकामा शरीरको तापक्रम नाप्ने र सम्भावित संक्रमितको एन्टिजेन परीक्षण गर्ने गरिएको भए पनि साना नाकामा भने यसको व्यवस्थापन हुनसकेको छैन ।

पछिल्लो समय राजनीतिक दलका अधिवेशनहरूमा हुने नेता–कार्यकर्ता र समर्थकको सहभागिताले समेत संक्रमणको जोखिमलाई बढावा दिएको छ । प्रदेश प्रयोगशालाले विराटनगरबाट नौवटा नमुना ओमिक्रोन हो वा होइन भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय