देश
काठमाडौं । पछिल्लो तीन घण्टामा कास्की, चितवन, मकवानपुर, बारा र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
आइतबार राति बाढी पूर्मानुमान महाशाखाले ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले ती क्षेत्रहरू भएर बहने ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्मानुमान महाशाखाले सोमबार दिउँसो कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ २३:०१
प्रतिक्रिया दिनुहोस्