site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोलिदेखि चार दिन मनसुन थप सक्रिय हुने, ३४ जिल्ला 'उच्च जोखिम'मा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । आइतबार साँझ एक विशेष बुलेटिनमार्फत महाशाखाले मनसुन थप सक्रिय हुने भएकाले आगामी बिहीबारसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक‍–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

Dabur Nepal
NIC Asia

साथै, कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोसीका १३, वाग्मतीका चार, गण्डकीका आठ र लुम्बिनीका ९ गरी कुल ३४ जिल्लालाई वर्षाको 'उच्च जोखिम'मा राखेको छ ।

कुन जिल्लाको अवस्था कस्तो ?

unnamed-1719762546.png
 

महाशाखाले सोमबारदेखि बिहीबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro