काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अखिल (क्रान्तिकारी)लाई पार्टी निर्माणमा सम्पूर्ण रूपमा लाग्न निर्देशन दिएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि मंगलबार बधाई दिन पुगेको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहितको टोलीलाई प्रचण्डले गुट उपगुट भत्काएर क्रान्तिकारी पार्टी निर्माणमा जुट्न भनेका हुन् ।
अखिल(क्रान्तिकारी)का नेता जीपी मैनालीकाअनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवादउन्मुख कार्यदिशासहितको विचार अवलम्बन गरेको र विचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आबश्यकता भएको बताएका छन् । पार्टी पुन: निर्माणमा आफू सम्पूर्ण सामर्थ्यसहित जुटिसकेको र नेता कार्यकर्ताहरूबाट पनि यही अपेक्षा गरेको उनले बताए ।
आठौँ महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरी विचार र कार्यक्रम तयार पारेको भन्दै उनले क्रान्तिका लागि अलग अलग पर्टीको आवश्यकता नरहेको धारणा राखेका थिए ।