देश
काठमाडौं । सरकारले आजदेखि दिने भनिएकाे काेभिड १९ विरुद्धको अतिरिक्त डाेज खाेप कार्यक्रम स्थगित गरेकाे छ । सबै नागरिकलाई पूरा मात्रा खाेप चाँडै उपलब्ध गराउने भन्दै हाललाई अतिरिक्त खाेप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप प्राविधिक विषयमा छलफल गरेर माघ महिनादेखि यसबारे जानकारी गराउने भनिएको छ ।
मन्त्रालयले जारी गरेकाे प्रेस विज्ञप्ति:
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८ १९:२७
प्रतिक्रिया दिनुहोस्