काठमाडौं । पछिल्लो समय गाडी खरिदकर्ताहरूबीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ ।
सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहेअनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ । स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारीसाधनको सुरक्षा मूल्यांकनका लागि उक्त गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ ।
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर ईभी, अल्ट्रोज, नेक्सन, नेक्सन ईभी, ह्यारियर, सफारी र पन्च उत्पादन गर्छ । ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये ६ वटा टाटा मोटर्स नै छ ।