site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको घुइँचो लागेको छ ।

भगवान्को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ । शनिबार बिहानैदेखि जनकपुरका जानकी मन्दिर, राम मन्दिरलगायत धार्मिक मठमन्दिरहरूमा पर्यटकहरूको भिड लागेको छ । भारतीय गाडीहरूको चाप बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट ठूलो संख्यामा भारतीय पर्यटकहरू जनकपुर आएका छन् ।

अहिले जनकपुरका होटेलहरू पर्यटकले भरिभराउ छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरमा तीन-चार वर्षपछि ठूलो संख्यामा पर्यटक आएको भन्दै खुसी व्यक्त गरे ।

Global Ime bank

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमुना मानिन्छ । सीताको जन्मभूमि रहेका कारणले समेत धार्मिक पर्यटकहरू जनकपुर आउने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय