site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली कर्मचारी देखाएर तीन करोड अनियमितता भएको भन्दै प्राइम लाइफसँग स्पष्टीकरण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नक्कली कर्मचारी देखाएर तीन करोडभन्दा बढी अपचलन भएको भन्दै बिमा समितिले सातदिने स्पष्टीकरण सोधेको छ । 

वैदेशिक रोजगारी म्यादी बिमालेख अन्तर्गत म्यानपावरमा कार्यरत २९ जनालाई कर्मचारी बनाएर तलब निकासा भएको खुल्न आएको भन्दै बिमा समितिले कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण माग गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ मा कर्मचारी नियुक्त गरेको भने पनि समितिको स्थलगत अनुगमनमा उक्त कुरा नखुलेको भन्दै समितिले कम्पनीलाई किन कारवाही नगर्ने भन्दै स्पस्टीकरण माग गरेको  छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीले कानुनी छिद्रको फाइदा उठाउँदै व्यवसाय बढाउन गैरकानुनी बाटो समाएकोले कम्पनीलाई किन त्यस्तो कार्य गरेको भन्दै बिमा ऐनअनुसार कारवाही गर्न स्पष्टीकरण सोधेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् ।

“कम्पनीले नक्कली कर्मचारीभन्दा पनि म्यानपावरको एजेन्टलाई कर्मचारी बनाएर तलब खुवाएको रहेछ,” अध्यक्ष सिलवालले बाह्रखरीसँग भने, “कम्पनीले व्यवसाय बढाउन कानुनी छिद्र प्रयोग गरेको देखिन्छ । कम्पनीले किन त्यसरी कर्मचारी राख्यो कारवाहीको लागि स्पष्टीकरण सोधिएको हो ।”

Royal Enfield Island Ad

समिति स्रोतका अनुसार कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईसहित एचआर म्यानेजरलाई पनि कारवाही गर्ने विषयमा छलफल भएको छ ।

कम्पनीले तलब निर्धारण नै नगरी कर्मचारी खर्चको शीर्षकमा ३ करोड रकम खर्च गरेको देखिएपछि  मंसिर २४ गते नै स्पष्टीकरण सोधेको समितिले जनाएको छ । 

समितिले कम्पनीलाई सोधेको स्पष्टीकरणमा २९ जना कर्मचारी नियुक्त गरेको भन्दै उनीहरुको नियुक्तपत्रसहितको विवरण कम्पनीले समितिमा पठाए पनि कम्पनीको जवाफ चित्तबुझ्दो नभएकोले कम्पनीलाई किन कारवाही नगर्ने भन्दै पुनः स्पस्टीकरण माग गरिएको समितिको भनाई छ ।

४ वर्ष अगाडि नै यसरी नियुक्त भएका कर्मचारीमध्ये एकले नक्कली पोलीसी जारी गरेको फेला परेर कारवाही भइसकेको समितिका अध्यक्ष सिलवाल बताउँछन् । व्यवसाय बढाउन यसरी कर्मचारी भर्ना गर्नु कम्पनीकै कमजोरी भएकोले कारवाहीको लागि स्पष्टीकरण माग गरेको सिलवालले बताए ।

बिमा कम्पनीहरुले सुरुमा वैदेशीक रोजगारी म्यादी बिमामा पनि एजेन्टलाई कमिसन दिन पाउने व्यवस्था रहेको थियो । तर, पछि एजेन्टलाई कमिसन दिन नपाउने भएपछि प्राइम लाइफ इन्स्योरेन्सले कमिसन लिएर काम गर्ने म्यानपावरका दलाललाई नै कर्मचारी बनाएर तलबको ठाउँमा कमिसन दिने गरेको थियो । 

तर त्यही कर्मचारीमध्ये एकले नक्कली पोलिसी जारी गरेको घटाना बाहिर आएपछि प्रहरी अनुसन्धान गरेर नक्कली पोलिसी जारी गर्ने  एजेन्टलाई कारवाही पनि भएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत चिरायु भण्डारी बताउँछन् ।

“सुरुमा वैदेशिक रोजगारी बिमालेख बिक्रीवापत एजेन्टलाई कमिसन दिन पाइने व्यवस्था थियो, तर समितिले  पछि त्यसरी कमिसन दिन नपाइने व्यवस्था गरेपछि एजेन्टलाई नै आवेदन लिएर कर्मचारी नियुक्त गरेको हो,” प्राइम लाइफका सीईओ भण्डारीले बाह्रखरीसँग भने, “तर अहिले समितिले कर्मचारी नियुक्त गरेको भए हाजिर गराएको खोई भन्दै प्रश्न उठाएको छ, २९ जना कर्मचारीको नियुक्ती पत्र पनि रहेको छ भने पारिश्रमिक बैंक खातामा नै गएको छ ।”

मार्केटिङ गर्नेगरी ३० जनालाई प्रक्रिया पूरा गरेर विजनेस ल्याएको आधारमा तलब दिनेगरी उनिहरुसँग कम्पनीले नियुक्तिपत्र दिएर नै काम गरेको प्राइम लाइफका सीईओ भण्डारी बताउँछन् । 

समितिले कर्मचारी नियुक्त गरेको भने पनि कम्पनीको कर्मचारी विनियमावली बमोजिम हाजिरी किन नगराएको भन्दै स्पष्टीकरण माग गरेको उनले बताए ।

२०७६ माघबाट बिमा समितिले वैदेशिक रोजगारी म्यादी बिमालाई बिमापुलमा लगिसकेको छ । यो घटना त्यसभन्दा अगाडिको हो । समितिले पनि चारवर्ष अगाडि नै बाहिर आएको घटनालाई अहिले स्थलगत अनुगमन गरेर कारवाही प्रक्रिया अगाडि बढाएको देखिन्छ । यसले समितिको अनुगमन प्रक्रियामासमेत प्रश्न उठेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro