विशेष
1622382665.jpg)
काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २६० जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा नमूना परीक्षण गर्दा २६० जनामा संक्रकमण पुष्टि भएको हो ।
संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।
आज ३४९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १५:००
प्रतिक्रिया दिनुहोस्