राजनीति
जनकपुर । प्रदेश २ कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । जम्मा १९५१ प्रतिनिधि रहेकामा १८८१ जनाले मतदान गरेका छन् ।
मतदानका लागि २/२ जिल्ला गरी चारवटा बुथ बनाइएको थियो ।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मत गणनाबारे अहिले छलफल भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ २०:३४
प्रतिक्रिया दिनुहोस्