site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कप महिला क्रिकेट : सेमिफाइनल समीकरण पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ममता चौधरीको ४३ रनप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्ने क्रममा बिहीबार गण्डकी प्रदेशलाई ११७ रनले हराएको छ । 

जितसँगै एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफले अब फाइनल प्रवेशका लागि लुम्बिनी प्रदेशविरुद्ध खेल्नेछ । समूह ‘बी’ मा उपविजेता बनेको सुदूरपश्चिमले समूह ‘ए’ को विजेता प्रदेश १ विरुद्ध खेल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । एपीएफका लागि ममताले सबभन्दा धेरै ४३ रन बनाइन् । ममताले ३० बलमा ६ चौकासहित ४३ रन बनाएकी हुन् । ममताबाहेक सरीता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाइन् । ज्योती पाण्डेयले २४ रन जोडिन् । 
एपीएफका ३ जना खेलाडी रनआउट हुदाँ गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिइन् । 

१५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले सात विकेट गुमाएर ३३ रन मात्रै बनायो । गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । एपीएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २ विकेट लिए । सोनु खड्का, सुमन बिष्ट र सिता रानामगरले समान एक विकेट लिए । एपीएफकी ममता चौधरी प्लेयर अफ म्याच भइन् । 

Global Ime bank

सेमिफाइनल शनिबार फाइनल आइतबार हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement