राजनीति
विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत प्रदेश १ सरकारको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उद्योगी राउतलाई प्रदेशको मन्त्रिपरिषद्को बैठकले आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
उनले मुख्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राउतले प्रदेशकोआर्थिक क्षेत्रको उन्नतिका लागि सरकारलाई सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ २१:०३
प्रतिक्रिया दिनुहोस्