काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । पार्टीको १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
आज सम्पन्न मतगणना अनुसार चौधरीले २२०६ मत प्राप्त गरे । उनी केन्द्रीय सदस्य मधेशी(खुला) कोटाबाट निर्वाचित भएका हुन् ।
कुल खसेको ४६७१ मत मध्ये उनले उक्त मत प्राप्त गरेका हुन् ।
कांग्रेसको विधान अनुसार मधेशी(खुला) तर्फबाट ५ जना केन्द्रीय सदस्य बन्न पाउने व्यवस्था छ । चौधरीबाहेक अजय कुमार चौरसिया पनि केन्द्रीय सदस्य बनेका छन् । उनले २५२२ मत प्राप्त गरे । यस्तै २१३८ मतका साथ डा. चद्रमोहन यादव पनि केन्द्रीय सदस्य बनेका छन् । यादव पूर्व राष्ट्रपती रामवरण यादवका छोरा हुन् ।
यस्तै यही कोटाबाट दिनेशकुमार यादव र महेन्द्र कुमार राय पनि विजयी भएका छन् ।