देश
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ९१३ पुगेको छ ।
हाल देशभर ४ हजार ९९३ जना होम आइसोलेसनमा र २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये ९५ जना आईसीयू तथा २५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १६:०९
प्रतिक्रिया दिनुहोस्